कीवर्डहरू -

स्क्रीन शेयर गर्न सकिने फिचर अब मेसेन्जरमा

स्क्रीन शेयर गर्न सकिने फिचर अब मेसेन्जरमा

फेसबुकको स्वामित्व रहेको मेसेन्जरमा स्क्रीन शेयर गर्न मिल्ने फिचर थपिएको छ । यस फिचरबाट भिडियो कल गर्दा आफ्नो स्क्रीन मेसेन्जरका अरुलाई शेयर गर्न सकिने छ ।

फेसबुकका अनुसार मेसेन्जर एपको एन्ड्रोइड तथा आईओएस एपमा यो सुविधा उपलब्ध भएको छ । यसको लागि मेसेन्जर एपलाई अपडेट गर्नुपर्ने हुन्छ ।

मोबाइलमा यो फिचर प्रयोग गर्न आफ्नो फोनमा सुरुमा मेसेन्जर एप खोल्नुहोस । त्यसपछि कसैलाई पनि भिडियो कल गर्दा स्क्रोल डाउन गरेपछि शेयरिङ अप्सन देखिने छ र यो फिचर प्रयोग गर्न सकिनेछ ।