कीवर्डहरू -

सुजुकी बाइकको खरिदमा १५ हजार नगद छुट वा जिरो प्रतिशत ब्याजको अफर 

सुजुकी बाइकको खरिदमा १५ हजार नगद छुट वा जिरो प्रतिशत ब्याजको अफर 

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अटोमोबाइल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किमको घोषणा गरेको छ।

बिगत ३ महिना बाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज मिलोस भन्ने हेतुले ‘उतार चडाब आईरहन्छ, सुजुकी साथ रहिरहन्छ’ भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा जिरो प्रतिशत ब्याजदरको स्किमको आह्वान गरेको छ।

ग्राहकलाई १५ हजार नगद छुट वा ०% ब्याज दर मध्ये जुन ठिक लाग्छ त्यो छानेर लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले अगाडी सारेको स्किम यही श्रावण १ गते देखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरु बाट प्राप्त गर्न सकिनेछ। एक्सचेञ्जमा समेत यो स्किम लागु गरिएको कम्पनीले जनाएको छ ।

सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन। १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि सुरु भएको जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएको बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लोकप्रिय रहेको छ।