कीवर्डहरू -

कस्तो थियो चौथौ संस्करणको आइसिटी अवार्ड २०१९ ? 

कस्तो थियो चौथौ संस्करणको आइसिटी अवार्ड २०१९ ? 

गतवर्ष १७ अगष्ट २०१९ (साउन ३२, २०७६) मा चौथो संस्करणको आइसिटी अवार्डको आयोजना भएको थियो । सोल्टी क्राउन प्लाजामा आयोजना भएको फिनालेमा ६०० सय बढी आइटी क्षेत्रका दिग्गज, उद्यमी, स्टार्टअप, आइटी शिक्षा, विश्वविद्यालय र नेपाल सरकारका प्रतिनिधिहरूको सहभागिता थियो ।


जेठ १ देखि जेठ ३१, २०७६ सम्म अनलाइन आवेदनको लागि समय उपलब्ध गराइएको थियो । विभिन्न ९ विधामा २०० बढीको अनलाइन आवेदन दर्ता भएको थियो । ११ जना जुरी सदस्यहरूले विभिन्न ७ चरणका छनौट प्रक्रियाबाट सर्वोत्कृष्ट छानेका थिए ।

सोल्टी क्राउन प्लाजामा आयोजना भएको फिनालेमा ६०० सय बढी आइटी क्षेत्रका दिग्गज, उद्यमी, स्टार्टअप, आइटी शिक्षा, विश्वविद्यालय र नेपाल सरकारका प्रतिनिधिहरूको सहभागिता थियो ।


स्टार्टअप, प्रडक्ट र राइजिङ स्टुडेन्ट विधामा उत्कृष्ट ११ हुँदै प्रिजेन्टेशन र स्पिड डेटिङबाट उत्कृष्ट ५ छानिएको थियो । त्यसपश्चात् १५ दिन अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन भएको थियो । फिनाले कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेल, पूर्वमन्त्रीहरू महेश बस्नेत, गणेश शाह लगायत उपस्थिति थियो ।


अवार्ड विजेताहरूमध्ये स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट विधामा राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा पनि उपलब्ध गराएको थियो । यसैगरी अन्य सबै विजेतालाई अवार्ड, शिल्ड सहित १० लाख बराबरको इन्सुरेन्स सुविधा पनि उपलब्ध गराइएको थियो । कार्यक्रम हिमालय टेलिभिजन, युट्युब र फेसबुकबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

\"\"


को को थिए आइसिटी अवार्ड २०१९ का विजेताहरू ?

  • स्टार्टअप आइसिटी अवाड २०१९ विजेता : ई–डिजिटल नेपाल प्रालि
  • प्रडक्ट आइसिटी अवार्ड २०१९ विजेता : मेडिफ्लो सिस्टम एण्ड सर्भिसेस
  • स्टुडेन्ट राइजिङ आइसिटी अवार्ड २०१९ विजेता : रक्तदान
  • पायोनियर आइसिटी अवार्ड २०१९ विजेता :  महावीर पुन
  • नेपाली डायस्पोरा अवार्ड २०१९ विजेता : डा. समीर मास्के
  • आन्टरप्रेनर्स आइसिटी अवार्ड २०१९ विजेता : अमित अग्रवाल
  • डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१९ विजेता : लोकसेवा आयोग
  • डिजिटल एजुकेशन आइसिटी अवार्ड २०१९ विजेता : नेपाल खुल्ला विश्वविद्यालय
  • पब्लिक च्वाइस आइसिटी अवार्ड २०१९ विजेता : किताबयात्रा
  • मिडिया पर्सन आइसिटी अवार्ड २०१९ बिजेता  - विजय तिमल्सिना, कान्तिपुर

पाचौ संस्करण अर्थात् आइसिटी अवार्ड २०२० को लागिनोम विभिन्न ११ विधामा अनलाइन आवेदन खुल्ला भैसकेको छ, आजै आबेदन दिनुहोस । यो वेबसाइटमा गएर आबेदन बुझाउन सकिनेछ : https://ictaward.org/

आइसिटी अवार्ड २०१९ को पुरा कार्यक्रम हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस्