कीवर्डहरू -

ईटहरी प्रहरीले हराएका तथा चोरिएका २० थान मोबाइल सम्बन्धीत धनिलाई बुझायो

ईटहरी प्रहरीले हराएका तथा चोरिएका २० थान मोबाइल सम्बन्धीत धनिलाई बुझायो

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोबाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।

आफ्ना मोबाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव ५,९४,२४०-(पाँच लाख चौरानब्बे हजार दुई सय चालिस) मुल्य बराबरका २० थान मोबाइल सेट फेला पारी आइतबार सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडीआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ७२,१८,६२०।-(बहत्तर लाख अठार हजार आठ सय साठी) रुपैयाँ बराबरको २९६ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।