कीवर्डहरू -

ईजीलिङ्क रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध

ईजीलिङ्क रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध

ईजीलिंक रेमिटेन्स प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।

यो व्यवस्थासँगै ईजीलिंक रेमिटेन्सका भुक्तानीका कारोबारहरु कनेक्ट आईपीएस ईपेमेन्ट प्रणाली मार्पत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएडएल आइपीएस मार्फत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।

यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि ईजीलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआई मार्फत हाल उपलब्ध कनेक्ट आइपीएस र एनसीएचएल आईपीएसको सञ्जालमा क्रमश ५२ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।

एनसीएचएलले एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस, कनेक्ट आइपीएस ई पेमेन्ट कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।  साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी पिएसओ , सरकारी तथा अर्ध सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट र ललित मनि ट्रान्सफर गरी ७ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ३४ गैरबैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमा पिएसपी पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्केन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु रहेका छन् ।

ईजीलिंक रेमिटेन्स प्रालि सन् १९९९ मा स्थापना भएको अग्रणी रेमिटेन्स कम्पनी हो । यसले सुरक्षित, छिटो र भरपर्दो माध्यमबाट विदेशबाट नेपालमा रेमिटेन्स पठाउन योगदान पुर्‍याउँदै आइरहेको छ । यसले उचित शुल्कमा गुणस्तरीय रेमिटेन्स सेवा पुर्‍याउने उद्देश्यका साथ नेपाल भित्र र बाहिर विभिन्न साझेदारी गर्दै आएको छ ।