कीवर्डहरू -

बालबालिकालाई सुरक्षित इन्टरनेट प्रयोगमा अभिभावकको भुमिका सम्वन्धी आज दोश्रो अनलाइन वर्कशप 

बालबालिकालाई सुरक्षित इन्टरनेट प्रयोगमा अभिभावकको भुमिका सम्वन्धी आज दोश्रो अनलाइन वर्कशप 

बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेटले युनिसेफको सहकार्यमा भर्चुअल वर्कसप आयोजना गरिरहेको छ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ विषयमा ६ वटा भर्चुअल वर्कसपमध्ये आज बेलुकी ४ बजेदेखि दोश्रो संस्करणको कार्यक्रम सञ्चालन हने चाइल्ड सेफनेटले जनाएको छ । आजको कार्यक्रम बालबालिकालाई सुरक्षित इन्टरनेट प्रयोगमा अभिभावकको भुमिका सम्वन्धी रहेको छ ।

कार्यक्रममा सहभागि हुन यो लिंकमा क्लिक गरेर नाम दर्ता गराउन सकिनेछ ।


कार्यक्रमको दोस्रो सेसन आज साउन ५ गते सोमबार आयोजना हुनेछ । यस सेसनमा अभिभावकको दृश्टिकोणमा बालबालिकाको स्क्रिन समय र साइबर सुरक्षा व्यवस्थापन विषयमा आमाबुबासँग छलफल गरिनेछ । यो सेसन साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । आश्रिका चौधरीले सहजकर्ताको भुमिका निर्वाह गर्ने आजको कार्यक्रममा विभिन्न क्षेत्रमा कृयाशिल नविता शर्मा, मनोज केसी, अनिता गैरे र नरेन्द« कडेल स्रोत व्यत्तिको रुपमा रहनुभएको छ ।


विभिन्न संस्करणका भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, इन्टरनेट सेवा प्रदायक, सरोकारवाला तथा सरकारसँग छलफल गरिनेछ । नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालवालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकरात्मक असरहरु देखिएको प्रति चाइल्डसेफ नेटले अभिभावक, वालवालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आएको छ ।

संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालवालिका सम्वन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने कामहरु गरिरहेको चाइल्ड सेफनेटका अनिल रघुवंशीले बताउनुभयो । कार्यक्रममा सहभागि हुन यो लिंकमा क्लिक गरेर नाम दर्ता गराउन सकिनेछ ।