कीवर्डहरू -

साओमीले नेपालमा ल्यायो पहिलो स्मार्ट राउटर

साओमीले नेपालमा ल्यायो पहिलो स्मार्ट राउटर

साओमीले नेपालमा मी राउटर फोर सी सार्वजनिक गरेको छ । यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ र स्मार्टफोनमा भएको स्मार्ट मी वाईफाई एपबाट पहुँचमा राख्न सकिन्छ ।

प्रत्येक घरको सेटिङगमा मिल्ने आधुनिक डिजाइनको विशेषता भएको मी राउटर फोर सी उचित होम नेटवर्क कनेक्सन हो । यो विशाल घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न ४ उच्च लाभ बाह्य एन्टेनाले सुसज्जित छ । ८०२.११एन वाईफाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर फोर सी अधिकतम ३०० एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्छ ।

\"\"

यसमा भएको डुअल कोर सीपीयू र ६४एमबी ठुलो र्‍यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्छ । मी वाईफाई एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्छन् भने प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिंग जस्ता स्मार्ट फंग्क्शन एरेमा पहुँच गर्न सक्छन् ।

‘हामी नेपालमा गैर स्मार्टफोन उत्पादनहरु भित्र्याउन र यसै प्रकृयामा सबैलाई नवीनतम प्रविधि ल्याउँन प्रतिबद्ध छौं,’ साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ‘देशमा द्रुत वृद्धि भइरहेको इन्टरनेट प्रयोगसँगै हामीले वर्तमान राउटर बजारमा देखिएको कमिलाई आकर्षक विशेषता र कम मुल्यका साथ मी राउटर फोर सी नेपालमा ल्याएका हौं ।’

मी राउटर फोर सीको मूल्य नेपालमा दुई हजार ३९९ रुपैयाँ तोकिएको छ । यो राउटर सबै मी प्रिफर्ड पार्टनर, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलबाट खरिद गर्न सकिने छ ।