कीवर्डहरू -

नेपाली बजारमा रियलमी सिक्स आई स्मार्टफोन, यस्ता छन् फिचर

नेपाली बजारमा रियलमी सिक्स आई स्मार्टफोन, यस्ता छन् फिचर

नेपाली बजारमा रियलमी सिक्स आई स्मार्टफोन सार्वजनिक भएको छ । यसमा ६.५ इन्च आइपीएस एलसिडी एचडी प्लस डिस्प्ले रहेको छ ।

गोरिल्ला ग्लास थ्रिद्वारा सुरक्षित गरिएको रियलमी सिक्स आई फोनमा मिडिया टेकको हेलियो जी ८० प्रोसेसर राखिएको छ । यसमा एन्ड्रोइड टेन अपरेटिङ सिस्टम रहेको छ ।

३ जीबी र ४ जीबी र्‍याममा उपलब्ध भएको यस फोन ६४ जीबी र १२८ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यो फोनमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ ।

रियलमी सिक्स आईमा चारवटा रियर क्यामेरा छन । जसमा ४८ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगापिक्सेल अल्ट्रावाइड लेन्स, २ मेगापिक्सेल प्रोट्रेट लेन्स र २ मेगापिक्सेल म्याक्रो लेन्स छन् ।

यसमा ५.५ एमएम अडियो ज्याक रहेको छ । ५ हजार एमएएचको ब्याट्री रहेको छ । नेपाली बजारमा ४ जीबी र्‍याम र १२८ जीबी रोम भएको रियलमी सिक्स आईको मूल्य २५ हजार ९९० रुपैयाँ रहेको छ ।