कीवर्डहरू -

दुर्गम क्षेत्रका बासिन्दाहरुलाई आधुनिक प्रविधिसंग जोड्दै \'नर्मदा इन्फोसिस\'

दुर्गम क्षेत्रका बासिन्दाहरुलाई आधुनिक प्रविधिसंग जोड्दै \'नर्मदा इन्फोसिस\'

एक विशाल प्राविधिक प्रगतिसंगै, हामी ग्रामीण र सहरी क्षेत्रहरु बीचमा भैरहेको डिजिटल डिभाइडको स्थिति हेर्न सक्दछौं। सहरका मानिसहरु इन्टरनेट सुविधाको आनन्द लिन सक्छन भने, दुर्गम क्षेत्रका मानिसहरु दुरसंचार नेटवर्क सेवाको अभावको कारण एक गुणस्तरीय फोन गर्नको लागी पनि भाग्यशाली छैनन्।

यहि अवस्थालाइ हेर्दै ग्रामिण क्षेत्रका दुर्गम इलाकाहरूमा पनि इन्टरनेटको पहुच पुर्याउने उदेश्यले नर्बदा इन्फोसिसले केहि महत्वपुर्ण कामहरु गरिरहेको छ । नर्मदा इन्फोसिसले देशमा डिजिटल डिभाइड घटाउने प्रयत्नको साथ काम सुरु गरेको हो । उत्साही व्यक्तिको समुहको साथ कम्पनिले सयौ संस्थाहरूलाई उचित इन्टरनेट सेवा प्रदान गर्नमा सफल हुने बिश्वासको साथ् ग्रामीण समुदायमा पहुच विस्तार गर्ने योजना राखेको छ। उच्च गतिको इन्टरनेटले ग्रामीण बासिन्दाहरूलाई विश्वको प्रगतिसँग नजिक र सांस्कृतिक स्रोतहरूमा पहुँच पनि प्रदान गर्दछ।

\"\"

नर्मदा इन्फोसिसले देशमा डिजिटल डिभाइड घटाउने प्रयत्नको साथ काम सुरु गरेको हो । उत्साही व्यक्तिको समुहको साथ कम्पनिले सयौ संस्थाहरूलाई उचित इन्टरनेट सेवा प्रदान गर्नमा सफल हुने बिश्वासको साथ् ग्रामीण समुदायमा पहुच विस्तार गर्ने योजना राखेको छ। उच्च गतिको इन्टरनेटले ग्रामीण बासिन्दाहरूलाई विश्वको प्रगतिसँग नजिक र सांस्कृतिक स्रोतहरूमा पहुँच पनि प्रदान गर्दछ।

किफायती ब्रोडब्यान्डले ग्रामीण क्षेत्रका मानिसहरूलाई ग्राफिक डिजाइन, वेबसाइट डिजाइन, र अन्य रचनात्मक कार्यहरुमा प्रोत्साहित गर्दछ । किसानहरू आफ्नो उत्पादनको मूल्य वा मौसम पूर्वानुमान र उच्च-स्पीड नेटवर्क मार्फत विभिन्न अवसरहरुसंगै महत्वपूर्ण जानकारीमा वास्तविक समयमा पहुँच प्राप्त गर्दछन् । जो शैक्षिक कोर्स र मेडिकल उपचारको लागि लामो दूरीको यात्रा गर्न बाध्य छन्, ब्रोडब्यान्डले उनीहरूलाई शिक्षा र स्वास्थ्य सेवामा सिधा पहुँचको अवसर ल्याउँदछ।

तसर्थ, नर्मदा इन्फोसिसले देश र जनताको सेवा गर्ने एकमात्र उद्देश्यको साथ् झन्डै तीन बर्षदेखि काम गरिरहेको छ। "ग्रामीण क्षेत्रका मानिसहरुको जीवन सुखी बनाउनको लागि हामीले दुर्गम क्षेत्रमा इन्टरनेट सेवा स्थापना गरिरहेका छौं" संचालक बिशिस्ट भट्ट बताउछन् ।

कोरोनाको असर बढेपछि ग्रामीण क्षेत्रको अवस्था झन विकराल हुँदै गएको छ। ग्रामिण क्षेत्रहरूमा विद्यार्थीहरू सबैभन्दा बढी नोक्सानमा छन् । यस संकटको समयमा, इन्टरनेट अझ महत्त्वपूर्ण भएको छ ।  धेरै  स्कूल र कलेजहरूले अनलाइन कक्षाहरू प्रदान गर्न थालेका छन्, र ती दुर्गम क्षेत्रका यी विद्यार्थीहरू इन्टरनेटको कारण अध्ययन गर्न पाइरहेका छैनन् । धेरै विद्यार्थीहरूले  अनलाइन कक्षाको लागि मोबाइल डाटा प्रयोग गर्ने प्रयास गरे, तर यो पनि लामो अवधिमा धेरै महँगो हुन सक्छ।

\"\"

यस संकटको समयमा एक उचित इन्टरनेट जडान आवश्यक छ, किनकि धेरै कामहरु भर्चुअली सम्पन्न गर्न सकिने अवस्था आइरहेको छ। मानिसहरूलाई प्रभावकारी रूपमा सञ्चार सेवा उपलब्ध गराउन आवश्यक प्रविधि उपलब्ध गराउनुपर्छ भन्ने लागेर यो समयमा पनि परियोजनाहरू सम्पन्न गर्न सफल भएको भट्टले बताए ।

नर्मदा इन्फोसिसले देश र जनताको सेवा गर्ने एकमात्र उद्देश्यको साथ् झन्डै तीन बर्षदेखि काम गरिरहेको छ। "ग्रामीण क्षेत्रका मानिसहरुको जीवन सुखी बनाउनको लागि हामीले दुर्गम क्षेत्रमा इन्टरनेट सेवा स्थापना गरिरहेका छौं"  - संचालक बशिस्ट भट्ट

यस महामारीको अवधिमा नर्मदा इन्फोसिसले सम्पन्न गरेका केहि परियोजनाहरू :

  • ३  दिनभित्र सफलतापूर्वक लेकममा इन्टरनेट जडान गर्न सफल ।

  • नौगडमा १५ एमबीपीएसको ब्यान्डविथ ईन्टरनेट जडानको साथ, एक हप्ता भित्र एक कोर राउटर र स्विच स्थापना ।

  • दिलाशैनीको  ५ स्थानहरू मध्ये, २ ठाउँमा ईन्टरनेट सुविधा स्थापना गर्न सफल ।

  • खप्तड छेदेदहा बाजुरामा नयाँ नेटवर्क परिचालन गर्न पनि सफल ।

  • खप्तड छन्नाको इन्टरनेट जडान १ एमबीपीएसबाट पाँच एमबीपीएसमा अपग्रेड ।

  • इन्टरनेटको गति दुई एमबीपीएसबाट दश एमबीपीएससम्म दिलाशैनीमा अपग्रेड ।

इन्टरनेटको स्थापना बाहेक कम्पनीले सफलतापूर्वक जाब्बिक्स र ग्राफाना प्रयोग गरी एक अनुगमन प्रणाली लागू गरेको छ। यसले इन्टरनेटको क्वालिटी अवलोकन गर्न र प्रणालीको उपयोग गर्न मद्दत गर्दछ। साथै, भविष्यमा हाम्रा सेवाहरू सुधार गर्न यो ठूलो सहयोगी हुनेछ। यसैगरी कम्मापनीले मार्फा टेकको सहयोगमा बाजुरा अनाथालयमा भएका मानिसहरूलाई निःशुल्क इन्टरनेट सेवा पनि प्रदान गरेको छ । साथै, आस्क  फाउन्डेशनको साथ सहकार्यमा हामी प्यूठानमा टेलिमेडिसिन पनि सेटअप गरेको छ ।

\"\"

नर्मदा इन्फोसिसको टोलीले नेपालको कृषि क्षेत्रलाई डिजिटलाइज गर्न काम गरिरहेको छ। नेपालको सुदूर पश्चिमी क्षेत्रमा उत्पादन सहितको ई-कमर्स साइट सुरू गर्नका लागि पनि काम गरिरहेको भट्टले बताए । थप रूपमा, मार्फा टेकको सहयोगमा  विद्यार्थीहरूलाई अध्ययनको लागि कोलिब्रि लर्निंग वेबसाइटमा नेपाली भाषा अपलोड गर्ने काम गरिरहेका छ।

लगातार काम गर्दा केहि सहकर्मी साथीहरुलाई चोटपटक लाग्नुको साथै केहि बिरामी समेत परेको भट्टले जानकारी दिए । संचालक भट्ट भन्छन, "हाम्रो उदेश्य ब्रोडब्यान्ड सेवाहरू केवल सहरका क्षेत्रहरूमा सीमित नगरी ग्रामीण क्षेत्रमा यसलाई फैलाउने हो। हामी भविष्यमा नेपालको हरेक कुनामा आफ्ना सेवाहरू विस्तार गर्ने लक्ष्य राख्छौं ।"