कीवर्डहरू -

मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप आयोजना हुदै, यसरी हुनुहोस् सहभागी

मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप आयोजना हुदै, यसरी हुनुहोस् सहभागी

मेसिन लर्निङ डेटा साइन्स नेटवर्क नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा नेपालमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप हुने भएको छ । राष्ट्रिय स्तरको यो वर्कशप आगामी साउन १५ देखि १९ गतेसम्म आयोजना हुनेछ ।

यस कार्यक्रमको पहिलो संस्करण सन् २०१८ मा किस्ट कलेजमा आयोजना भएको थियो । त्यस्तै दोस्रो संस्करणको यो वर्कशप सन् २०१९ मा किष्ट कलेजमै आयोजना भएको थियो । कोरोना भाइरसको कारण तेस्रो राष्ट्रिय मेसिन लर्निङ एण्ड डेटा साइन्स वर्कशप २०२० भर्चुअल रुपमा आयोजना हुनेछ ।

जूम मार्फत आयोजना हुने यो कार्यक्रममा विगतमा जस्तै रिसर्च, शिक्षा तथा उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले आफ्नो प्रस्तुति दिनेछन् । यस वर्कशपमा मेसिन लर्निङ र डेटा साइन्समा ट्रेनिङ तथा प्रोजेक्ट सेसन समेत सञ्चालन हुनेछन् ।

यस वर्कशपमा मेसिन लर्निङ, डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सका विभिन्न टपिकमा कुराकानी समेत हुनेछ । त्यस्तै नेपालमा मेसिन लर्निङ र डेटा साइन्सको स्कोपको विषयमा पनि प्यानल डिस्कसन हुने आयोजकले बताएको छ ।

यस कार्यक्रममा सहभागी हुनको लागि निश्चित शूल्क तोकिएकोन छ । जसमा सुन्नको लागि सय रुपैयाँ तोकिएको छ भने प्रस्तुतकर्ता र सहभागीको लागि पाँचसय रुपैयाँ तोकिएको छ ।  यस कार्यक्रमको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस भने सहभागी हुनको लागि यहाँ क्लिक गर्नुहोस ।  यस कार्यक्रमको शूल्क बैंक तथा ईसेवा मार्फत तिर्न सकिने छ ।