कीवर्डहरू -

ओप्पोको नयाँ फोन ए ३१ नेपाली बजारमा, यस्ता छन् फिचर

ओप्पोको नयाँ फोन ए ३१ नेपाली बजारमा, यस्ता छन् फिचर

ओप्पोले नेपालमा ओपो ए ३१ स्मार्टफोन सार्वजनिक गरेको छ । ओप्पो ए ३१ फेन्टासी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक (कालो) गरी दुई रङमा उपलब्ध भएको छ ।

यस फोनमा ७२०×१६०० पिक्सेल सहितको ६.५ इन्च वाटरड्रप डिस्प्ले र ८९ प्रतिशत स्क्रिन रेसियो रहेको छ । कम्पनीले यसमा स्क्रीनको सुरक्षाको लागि गोरिल्ला ग्लास थ्रीको प्रयोग गरेको छ ।

यसमा रहेको आई प्रोटेक्सन स्क्रिन फिल्टरले हानिकारक ब्ल्यू लाइटबाट प्रयोगकर्ताका आँखालाई सुरक्षा प्रदान गर्छ । एक हातले फोनको सहज प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ यसको मोटाइ ८.३ एमएम हुनेगरी डिजाइन गरिएको छ ।

ओप्पो ए ३१ को पछाडी तीन ओटा लेन्सको व्यवस्था गरिएको छ । कम प्रकाश भएका स्थान पनि उत्कृष्ट तस्विर खिच्न सकियोस भनेर क्यामेरामा १२ मेगापिक्सेल सेन्सर र एफ/१.८ अपर्चरको व्यवस्था गरिएको छ ।

यसमा रहेको २ मेगापिक्सेल म्याक्रो लेन्सले थप जुम गरी बिहानीको शित, फूलेको फूल लगायत साना चिजको आकर्षक तथा ठूलो आकारमा तस्विर लिन सकिन्छ । यसमा २ मेगापिक्सेल डेफ्थ सेन्सर उपलब्ध रहेको छ ।

यसले वस्तुलाई ब्याकग्राउण्डसंग छुट्याई पोट्रेट शट्समा उत्कृष्ट बुके इफेक्ट प्रदान गर्छ । यसमा रहेको ८ मेगापिक्सेल एफ/२.० फ्रण्ट एआई ब्यूटिफिकेसन क्यामेराले अझ प्राकृतिक, सुन्दर सेल्फी खिच्न सघाउँछ ।

सार्वजनिक ओप्पोको नयाँ ए सिरिजमा ४ जीबी र्‍याम र १ सय २८ जीबी इन्टरनल स्टोरेज उपलब्ध रहेको छ । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार स्टोरेज २ सय ५६ जीबी सम्मको  माइक्रोएसडी कार्डको प्रयोग गरी बढाउन सक्नेछन ।

ओप्पो ए ३१ लाई मिडियाटेकको शक्तिशाली १२ एनएम एमटी ६७६५ भी चिपसेटले प्रयोग गरिएको छ । यसमा रहेको ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री एक पटक पूर्णरुपमा चार्ज गर्दा प्रयोगकर्ताले १४ घण्टा सम्मको अनलाईन भिडियो स्ट्रिमिङ वा ७ घण्टा सम्म निरन्तर अनलाईन गेम खेल्न सक्ने कम्पनीले बताएको छ ।

फोनमा फिंगरप्रिन्ट अनलकका साथै  फेसियल अनलकको सुविधा पनि रहेको छ । आकर्षक फिचर सहितको ओपो ए ३१ को बजार २६ हजार ५ सय ९० रुपैयाँ रहेको छ ।