कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याल

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैंठकले बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा नियक्त गर्ने निर्णय गरेको हो ।

करीव डेढवर्ष अघि सचिवमा बढुवा भए लगतै गण्डकी प्रदेशमा मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिवको रुपमा कार्यरत रहेका थिए । सचिव हुनुभन्दा अघि उनले दुई वर्ष अर्थमन्त्रालयमा सहसचिवको रुपमा काम गरिसकेका छन् ।

चीनको लासामा महावाणीज्य दुतका रुपमा काम गरिसकेका बस्यालले इमान्दार र मेहनती सचिवका रुपमा आफ्नो छवि बनाएका छन् ।