कीवर्डहरू -

ओप्पोका एन्को सिरिजका तीनवटा वायरलेस हेडफोन नेपालमा  

ओप्पोका एन्को सिरिजका तीनवटा वायरलेस हेडफोन नेपालमा  

ओप्पोले आफ्नो आईओटी उत्पादन अन्तर्गत नेपाली बजारमा ओपो एन्को डब्लु ११, एन्को डब्लु ३१ र एन्को एम ३१ सार्वजनिक गरेको छ । कम्पनीले सोमबार ए ३१ स्मार्टफोनसँगै एन्को सिरिजको वायरलेस हेडफोन पनि सार्वजनिक गरेको हो ।

ओप्पोले आफ्नो अफलाइन रिटेल च्यानल मार्फत उपलब्ध गराउने ओपो एन्को डब्लु ११ को बजार  मूल्य ३ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

\"\"
ओप्पो एन्को डब्लु ११


त्यसैगरी ईकमर्स प्लेटफर्म दराज मार्फत उपलब्ध गराइने दूई उत्पादन एन्को डब्ल्यू ३१ को मूल्य ६ हजार ९ सय ९० रुपैयाँ र एन्को एम ३१ को मूल्य ४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।