कीवर्डहरू -

अब अनलाइनबाटै भन्सारको एक्जिम कोड लिन सकिने, यसरी लिनुहोस् सेवा 

अब अनलाइनबाटै भन्सारको एक्जिम कोड लिन सकिने, यसरी लिनुहोस् सेवा 

भन्सार विभागले अनलाइनबाट एक्जिम कोड अर्थात निकासी पैठारी संकेत नम्बर वितरण गर्न सुरु गरेको छ । घरबाटै एक्जिम कोड लिन सकिने गरी भन्सार विभागले अनलाइन प्रणालीको सुरुवात गरेको हो ।

अनलाइन सेवाको सुरु भएसँगै करिब ३० हजार सेवाग्राही भन्सार कार्यालयमा स्वयम उपस्थित हुने बाध्यता हट्ने छ । एक्जिम कोड नवीकरणका लागि विभागको वेबसाइटबाटै सेवाग्राहीले फाराम भर्न सकिने छ भने कनेक्ट आईपीएसबाट नगद भुक्तानी गर्न सकिने छ ।

हालसम्म प्रयोग भइरहेको प्रणालीमा नवीकरण दस्तुर तिर्न, बैंक जमानत तथा करचुक्ता प्रमाणपत्र पेश गर्नको लागि भन्सार विभाग वा भन्सार कार्यालयहरुमा नै जानुपर्ने अवस्था थियो ।

यसरी लिनुहोस् सेवा

नविकरणको लागि निवेदन दिने सेवाग्राहीलाई विभागले युजर आईडी र पासवर्ड विभागले उपलब्ध गराउने छ । यसको लागि सेवाग्राहीले भन्सार विभागको वेबसाइटमा गएर एक्जिम कोड पोर्टलमा क्लिक गरी त्यहाँ आफ्नो विवरण भर्न सक्ने छन् ।

सेवाग्राहीले कनेक्ट आइपिएसको प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकमा दस्तुर बुझाउन सक्ने विभागले जनाएको छ । यसका लागि आन्तरिक राजस्व विभागको पोर्टलबाट करचुक्ता प्रमाणपत्रको भन्सार विभागले बिद्युतीय भिडान गर्ने व्यवस्था मिलाइएको छ।

बैंक जमानतलाई समेत सेवाग्राही आफैले प्रणालीमा अपलोड गर्ने व्यवस्था रहेको छ । नवीकरण भएको प्रमाणपत्र घर वा कारोवार स्थलबाटै प्रिन्ट गरी सेवाग्राहीले प्रयोग गर्न सक्नेछन ।