कीवर्डहरू -

अब हाम्रो किबोर्डबाट बोलेरै नेपाली टाइप गर्न सकिने 

अब हाम्रो किबोर्डबाट बोलेरै नेपाली टाइप गर्न सकिने 

हाम्रो पात्रोले विकास गरेको हाम्रो किबोर्ड मोबाइल एपबाट अब बोलेरै नेपाली टाइप गर्न सकिने भएको छ । हाम्रो पात्रोले हाम्रो किबोर्डको प्रयोग गरी बोलेरै नेपाली टाइप गर्न सकिने फिचर चाँडै ल्याउन लागेको बताएको छ ।

ट्विटर मार्फत जानकारी दिदै हाम्रो पात्रोले छिटै हाम्रो किबोर्डमा बोलेरै टाइप गर्न सकिने फिचर आउन लागेको जनाएको छ भने उक्त फिचरको डेमो पनि सार्वजनिक गरेको छ ।

Hamro Keyboard - Voice Typing coming soon. Check out this demo pic.twitter.com/Cy4emHnwUC

— Hamro Patro (@hamropatro_dev) July 22, 2020

हाम्रो किबोर्ड मोबाइल एप एन्ड्रोइड तथा आइओएसमा उपलब्ध रहेको छ । हाम्रो किबोर्ड एप गूगल प्ले स्टोरमा अहिलेसम्म ५० लाख भन्दा बढीले डाउनलोड गरिसकेका छन् । हाम्रो किबोर्ड एपबाट नेपाली स्टिकरहरु समेत प्रयोग गर्न सकिन्छ ।