कीवर्डहरू -

एन आईसी एशिया बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, अनलाइनबाटै कोषको किस्ता तिर्न सकिने

एन आईसी एशिया बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, अनलाइनबाटै कोषको किस्ता तिर्न सकिने

एन आई सी एशिया बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ । गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले आफ्ना सेवाहरू डिजिटल माध्यममा लैजाने क्रमलाई निरन्तरता दिँदै कर्मचारी सञ्चय कोष बाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका कर्मचारी सञ्चय कोष सँग सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन । बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहेका ऋणीहरूलाई सुविधाको लागि उपभोग गरेको कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने सम्झौता गरेको छ ।

डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा रहेको यस बैंकले डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुरुप नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी जस्तो नवीनतम सुविधा ल्याएको छ । यस व्यवस्था अन्तर्गत अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गरेका कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ्ग हाउसको पोर्टलमा लग इन गरेपश्चात् गभर्मेन्ट पेमेन्टमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्ने छन ।

नगद रकम तथा चेक बोकी बैंकको शाखामा गई कर्मचारी सञ्चय कोषको कर्जाको साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्नुपर्ने वर्तमान अवस्थालाई यस नयाँ व्यवस्था अनुसार बैंक नै नगई घर तथा अफिसबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।