कीवर्डहरू -

कम्पनीमा दर्ता भएको ईकमर्शलाई उद्योगमा दर्ता नगरी सेवा दिएको भन्दै ५० हजार रुपैयाँ जरिवाना 

कम्पनीमा दर्ता भएको ईकमर्शलाई उद्योगमा दर्ता नगरी सेवा दिएको भन्दै ५० हजार रुपैयाँ जरिवाना 

वाणिज्य, उपभोक्ता तथा संरक्षण विभागले अनलाइन व्यवसाय दर्ता नगरी सञ्चालन गरेको भन्दै अफरिङ ह्यापिनेसलाई कारबाही गरेको छ । विभागले अनलाइन व्यवसाय दर्ता नगरी सञ्चालन गरेको भन्दै अफरिङ ह्यापिनेस नामक ईकर्मश कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २०(२) बमोजिम अनलाइन कारोवार व्यवसाय दर्ता नगरेको हुदा सोही ऐनको दफा ३८(ट) को कसुरमा सोही ऐनको दफा ३९(घ) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको जनाएको छ ।

अफरिङ ह्यापिनेसका सहसंस्थापक निरज काफ्लेले आफुहरु कम्पनी रजिष्टारको कार्यालय र वडा कार्यालयमा व्यवसाय दर्ता गरी सेवा दिदैं आएको बताए । हामीलाई २०७५ मा आएको नयाँ ऐन देखाएर उद्योग विभागमा दर्ता नगरी सेवा सञ्चालन गरिएको भन्दै जरिवाना गराएको उनले बताए ।

आफुहरुलाई २०७५ मा आएको नयाँ ऐनको बारेमा कुनै जानकारी थिएन काफ्लेले भने । अफरिङ ह्यापिनेसले काठमाडौं उपत्यकामा गिफ्टका विभिन्न सामग्रीहरु अर्डरको आधारमा घर घरमा पुर्‍याउने गरेको छ ।