कीवर्डहरू -

आइएमई घरमै योजनामा १ लाख पाउने भाग्याशाली विजेताको घोषणा, आइएमई पेबाटै प्रदान गरियो रकम 

आइएमई घरमै योजनामा १ लाख पाउने भाग्याशाली विजेताको घोषणा, आइएमई पेबाटै प्रदान गरियो रकम 

आइएमई सेवाग्राही मंगल बहादुर रोकाया आइएमई घरमैको विजेता घोषित भएका छन । सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता छनौट भएका हुन ।

विजेता रोकायाले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । आइएमई लिमिटेडले कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि ‘आइएमई घरमै– रू. १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना गत जेठ ३१ गतेबाट सुरू गरेको थियो ।

सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भएपनि हाल बाहिर निस्किँदा संक्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो योजना सार्वजनिक गरिएको थियो ।

२०७७ साल असारको अन्त्यसम्म मात्र कायम आइएमई घरमै उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ र हरेक हप्ता ५ जनालाई जनही ५ हजार  रुपैयाँ प्रदान गरिनेगरी सार्वजनिक गरिएको थियो ।

स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिने व्यवस्था यो सँगसँगै मिलाइएको थियो । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरिएको थियो ।