मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउने छन् ।
नयाँ ग्राहकहरुले कर सहित मात्र ९९ रुपैयाँमा यो सिम लिन सक्नेछन । यो योजना अन्तर्गत ग्राहकले सिम लिदा पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्ष सम्म रिचार्ज गर्दा बोनस डेटा पाउने कम्पनीले जनाएको छ ।
यो नयाँ सिम लिदा ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइमको सुविधा पाउने छन । यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुनेछ ।
यो नयाँ सिमको प्रमुख विषेशता भनेको सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन् । ग्राहकले सिम लिएको दिनको भोलि पल्ट मध्यरात सम्ममा १०० रुपैयाँ वा सो भन्दा बढीको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा (२५० एमबी अल टाइम अल नेटवर्क र २५० एमबी फोरजी डेटा) बोनस स्वरुप पाउँछन् । यो डेटाको समयावधि ५ दिन रहेको छ ।
यसका साथै ग्राहकले प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डेटा (१०० एमबी अल टाइम अल नेटवर्क र १०० एमबी फोरजी डेटा) बोनस पाउँछन् । उदाहरणका लागि यदि यो सिम लिने ग्राहकहरुले भ्वाइस, डेटा वा एसएमएस सेवामा १०० रुपैयाँ खर्च गरेमा उनीहरुले बोनस डेटा २०० एमबी पाउँछन् । यसरी प्राप्त हुने बोनस डेटा ३ दिनका लागि मान्य रहन्छ ।
एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकहरुलाई डेटा सेवा प्रयोगको उत्कृष्ट अनुभव र त्यसको लाभ प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप सबै मोबाइल डेटा प्रयोगकर्ताका लागि यो नयाँ प्याक ल्याएको बताए ।
नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, भ्वाइस सेवाको बढि आवश्यकता रहेकाका लागि ‘इन्डलेस कुराकानी प्लस’ र साथै ‘वायरफ्री प्लस वाइफाइ’ सेवाको बुकिङ पनि सुरु गरी सकेको छ ।
‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य कम्पनीले लिएको छ ।