कीवर्डहरू -

ओलिज स्टोरबाट वानप्लस नोर्ड प्रि अर्डर गर्न सकिने

ओलिज स्टोरबाट वानप्लस नोर्ड प्रि अर्डर गर्न सकिने

वानप्लस नोर्ड प्रि अर्डरको लागि नेपालमा उपलब्ध भएको छ । वानप्लस नोर्ड ईकमर्श कम्पनी ओलिज स्टोर बाट प्रि अर्डर गर्न सकिने भएको हो ।

वानप्लस नोर्डमा एआर प्रविधि प्रयोग गरिएको छ । ६.४ इन्चको डिस्प्ले रहेको यस फोनमा स्न्याड्रयाग्नको ७६५ जी प्रोसेसर रहेको छ । ८ जीबी र १२ जीबी र्‍याम रहेको वानप्लस नोर्डमा १२८ जीबी र २५८ जीबी रोम रहेको छ ।

यसमा चारवटा रियर क्यामेरा रहेका छन् । जसमा ४८ मेगापिक्सेल वाइड, ८ मेगापिकसेल अल्ट्रा वाइड, ५ मेगापिक्सेल डेप्थ र २ मेगापिक्सेल म्याक्रो क्यामेरा रहेका छन् ।
फ्रन्ट क्यामेरा ३२ मेगापिक्सेल वाइड र ८ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा छन् । यसमा ४११५ एमएएचको ब्याट्री रहेको छ । वानप्लस नोर्ड मिडरेञ्जको फोन भएको कम्पनीले बताएको छ ।