कीवर्डहरू -

जिमेलबाट यसरी डिसेबल गर्नुहोस मिट ट्याब

जिमेलबाट यसरी डिसेबल गर्नुहोस मिट ट्याब

गूगलले हालै मात्र जिमेलमा मिट इन्टिग्रेसन गरेको छ । जिमेलमा भएको मिट अप्सनबाट मिटि. सुरु गर्न र अरुको मिटिङमा सहभागी हुन सकिन्छ ।

यदि तपाईलाई जिमेलभित्र मिट इन्टिग्रेसन भएको मन परेको छैन् वा जिमेलबाट मिट अप्सनलाई डिसेबल गर्नु पर्‍यो । आज हामीले तपाईलाई जिमेलमा इन्टिग्रेसन भएको मिट अप्सनलाई कसरी डिसेबल गर्ने भनेर जानकारी दिदैछौं ।

यसको लागि सुरुमा आफ्नो कम्प्युटरको ब्राउजरमा गएर जिमेल अकाउन्ट लगइन गर्नुहोस । जिमेल अकाउन्ट लगइन गरेपछि दायाँ साइडमा रहेको सेटिङमा जानुहोस । सेटिङमा क्लिक गरिसकेपछि ‘सी अल सेटिङ’ मा क्लिक गर्नुहोस ।

\"\"

त्यसपछि च्याट एण्ड मिट अप्सनमा क्लिक गर्नुहोस । उक्त अप्सनमा गएपछि मिट अप्सनमा रहेको ‘हाइड दि मिट सेक्सन इन दि मेन मेनु’ मा क्लिक गरी सेभ गर्नुहोस ।
\"\"