कीवर्डहरू -

सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता, घरबाटै बिमा प्रिमियमको भुक्तानी गर्न सकिने

सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता, घरबाटै बिमा प्रिमियमको भुक्तानी गर्न सकिने

भुक्तानी सेवा प्रदायक संस्था सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सेलपे प्रालिले बिमाको प्रिमियम भुक्तानीको लागि महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गरेको हो ।

उक्त सम्झौता पत्रमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलपेका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

यो सहकार्यसँगै अब महालक्ष्मी लाइफका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय जानु पर्ने बाध्यता  हटेको छ । सेलपेको एप वा वेबसाइट प्रयोग गरी बिमाको प्रिमियम भुक्तानी घरमै बसेर गर्न सकिने छ ।

बिमा प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिङ्क गरी सजिलै रकम तिर्न सकिने छ । आफ्नो पोलिसी नम्बर र जन्म मिति राखेपछि आफ्नो बीमा विवरण निश्चित गरी देखाएको प्रिमियमको रकम ‘पे’ बटन थिचेर भुक्तानी गर्न सकिने छ ।

सेलपे मार्फत बिना कुनै वालेट कारोबार गर्न सकिने छ । यसबाट खानेपानी, बिजुली, इन्टरनेट, टिभीको महशूल भुक्तानी, रिचार्ज गर्न, इएमआई तिर्न लगायतका विभिन्न भुक्तानी घरमै बसेर गर्न सकिन्छ ।