कीवर्डहरू -

हिज्जे परीक्षण, फन्ट रूपान्तरण, युनिकोड टाइपिङ लगायतका काम अब एकै ठाउँमा 

हिज्जे परीक्षण, फन्ट रूपान्तरण, युनिकोड टाइपिङ लगायतका काम अब एकै ठाउँमा 

हिज्जे परीक्षण, फन्ट रूपान्तरण, शब्दकोश, युनिकोड टाइपिङ, अन्य सन्दर्भ सामग्री एकै ठाउँमा प्रयोग गर्न सकिने भएको छ । यसको लागि नेपालीलाई सजिलो बनाउने उदेश्यका साथ हिज्जे डटकम वेबसाइट को सुरुवात भएको हो ।

हिज्जे डटकम ले नेपाली भाषामा लेखेको पाठलाई हिज्जे शुद्धाशुद्धिमा सहयोग गर्ने, विभिन्न फन्टहरूबाट युनिकोड तथा युनिकोडबाट अन्य फन्टहरूमा रूपान्तरण गर्ने, नेपाली शब्दहरूको शब्दार्थ खोज्ने लगायतका काममा सहयोग गर्नेछ ।

अहिलेलाई यो सेवा कम्प्युटरबाट मात्र प्रयोग गर्न सकिने छ भने मोबाइलबाट पनि प्रयोग गर्न मिल्ने गरी यसको परिमार्जन भइरहेको छ । साथै मोबाइल संस्करण छिटै लिएर आउने बताइएको छ ।

हिज्जे डटकममा निशूल्क अकाउन्ट बनाएर यसको प्रयोग गर्न सकिने छ । खाता नबनाएर पनि यसको समित प्रयोग गर्न सकिने छ । यदि तपाईले खाता बनाएमा यसको प्रयोग असिमित गर्न सकिने छ ।

यो भिडियो पनि हेर्नुहोस