कीवर्डहरू -

एडब्लुएस सार्क मीटअप २०२० आयोजना हुँदै

एडब्लुएस सार्क मीटअप २०२० आयोजना हुँदै

आज शनिबार, साउन १० गतेको दिन “एडब्लुएस सार्क मीटप २०२०” क्रार्यक्रम हुन गईरहेको छ । साझ पाचँ बजे देखि सुरु हुने यस क्रार्यक्रम तीन घण्टाको हुनेछ । यो क्रार्यक्रमले विशेष गरी क्लाउड प्रविधिको समाधानको जानकारी गराउने छ । अनलाइन मिटअपले अमेजन वेब सर्भिसेस (एडब्लुएस) प्रोफेसनलसगँ भेटघाटको मौका प्रदान गरी आपनो अनुभवलाई निखार्न मद्दत पु¥याउनेछ ।


कार्यक्रममा क्लाउड प्रविधिका विज्ञहरु डोनी प्राकोसो, अंिकत गुप्ता र डा. प्रकाश आत्रेय वत्ताको रुपमा रहनुभएको छ ।  यस कार्यक्रममा विशेष गरी एडब्लुएस वर्कस्पेस प्रयोग गरी प्रयोग गरि रीमोट्ली कसरी काम गर्ने, सर्भरलेस एपीआई कसरी बनाउने र उद्यमीको लागि एडब्लुएस प्रयोग सम्वन्धी छलफल हुनेछ । जुम मार्फत सञ्चालन हुने यस कार्यक्रममा सहभागी हुन यो लिंकमा क्लिक गरेर रेजिस्टर गर्नुपर्ने छ ।