कीवर्डहरू -

आगामी बिहीबारबाट मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप सुरु हुदै, यसरी हुनुहोस सहभागी

आगामी बिहीबारबाट मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप सुरु हुदै, यसरी हुनुहोस सहभागी

आगामी बिहीबारबाट नेपालमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप हुने भएको छ । मेसिन लर्निङ डेटा साइन्स नेटवर्क नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा यो वर्कशप आयोजना हुने भएको हो ।

राष्ट्रिय स्तरको मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप आगामी साउन १५ देखि १९ गतेसम्म आयोजना हुनेछ ।

तेस्रो संस्करणको रुपमा भर्चुअल तरिकाले आयोजना हुने लागेको राष्ट्रिय स्तरको मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप आगामी साउन १५ देखि १९ गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ ।

यस कार्यक्रममा फ्युज मेसिनका संस्थापक डा. समिर मास्के, आईओईका डिन प्रा.डा. शशिधर राम जोशी र डा. सुनिल अर्याल किनोट स्पीकरका रुपमा रहेका छन् ।

\"\" त्यस्तै यस भर्चुअल वर्कशपमा डा. आनन्द कोइराला, अशोक कुमार पन्त, डा. बाल कृष्ण बाल, डा. भोगेन्द्र मिश्र, डा. विकास ज्ञवाली, डा. विनोद भट्टराई, डा. दोभान राई, डा. जनक पराजुली, डा. ज्वाला धमला, प्रा. डा मनिस पोखरेल, डा. राकेश कटुवाल, रिवाज सापकोटा, ई. सर्वज्ञ रत्न शाक्य र तेज बहादुर शाही स्पीकरको रुपमा रहेका छन् ।

यस कार्यक्रमको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस भने सहभागी हुनको लागि यहाँ क्लिक गर्नुहोस ।

जूम मार्फत आयोजना हुने यो कार्यक्रममा डा. भोजराज घिमिरे, ई. ज्ञानेश्वर बोहोरा, ई. शालिग्राम पराजुली र सुरेश गौतम प्यानेलिस्टको रुपमा रहेका छन् । त्यस्तै प्रोजेक्ट मेन्टरमा अमिर, बाल कृष्ण न्यौपाने, प्रताप सापकोटा र रमित शर्मा रहेका छन् ।

यस वर्कशपमा मेसिन लर्निङ र डेटा साइन्समा ट्रेनिङ तथा प्रोजेक्ट सेसन समेत सञ्चालन हुनेछन् । यस वर्कशपमा मेसिन लर्निङ, डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सका विभिन्न टपिकमा कुराकानी समेत हुनेछ । त्यस्तै नेपालमा मेसिन लर्निङ र डेटा साइन्सको स्कोपको विषयमा पनि प्यानल डिस्कसन हुने आयोजकले बताएको छ ।

यस कार्यक्रममा सहभागी हुनको लागि निश्चित शूल्क तोकिएको छ । जसमा अडीयंसको लागि एक सय रुपैयाँ तोकिएको छ भने प्रस्तुतकर्ता र सहभागीको लागि पाँचसय रुपैयाँ तोकिएको छ ।

यस कार्यक्रमको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस भने सहभागी हुनको लागि यहाँ क्लिक गर्नुहोस । यस कार्यक्रमको शूल्क बैंक तथा ईसेवा मार्फत तिर्न सकिने छ ।