कीवर्डहरू -

आविष्कार केन्द्रले बनायो घामबाट तरिकारी तथा फलफूल सुकाउन मिल्ने बाकस

आविष्कार केन्द्रले बनायो घामबाट तरिकारी तथा फलफूल सुकाउन मिल्ने बाकस

राष्ट्रिय आविष्कार केन्द्रले घामबाट तरिकारी, फलफूल सुकाउन र मासुको सुकुटी बनाउन मिल्ने बाकस बनाएको छ ।

यो बाकस सानो रहेको छ । यो बाकसको डिजाइन खासमा गाउँघरको किसानहरुको उपयोगी हुने गरी बनाइएको छ । यसलाई घरको छतमा पनि राख्न सकिने छ ।

आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनका अनुसार गाउँघरमा थोरै जग्गा भएको किसानहरुले आफ्नो बारी वा करेसाबारीमा उब्जाएको र परिवारले खाई नसकेर उब्रेको तरकारी र फलफुलहरुलाई यस्तो किसिमको बाकसमा राखेर सजिलै सँग सुकाउन सक्ने छन् ।

घाम बाट सुकाउने हुनाले यसमा बिजुलीमा पैसा खर्च गर्नु नपर्ने पनि महावीर पुनले जानकारी दिएका छन् । यस्तै किसिमको तर ठुलो साइजको तरकारी र फलफुल सुकाउने घर पनि बन्दै गरेको आविष्कार केन्द्रले बताएको छ । वर्षायाम सकिए पछि यस्ता बाकसहरु उपलब्ध हुने महावीर पुनले बताएका छन् ।