कीवर्डहरू -

अब अनलाइनबाटै गरिमा विकास बैंकको खाता खोल्न सकिने

अब अनलाइनबाटै गरिमा विकास बैंकको खाता खोल्न सकिने

अब गरिमा विकास बैंकको खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । बैंकले अनलाइनबाट नै खाता खोल्न सक्ने सुविधा ल्याएको हो ।

गरिमा विकास बैंकका अनुसार ग्राहकले अब अनलाइनबाटै खाता खोलेर आफ्नै खातामा जम्मा हुने गरी रकम पठाउन सक्ने छन् ।

बैंकको वेबसाइटमा गएर अनलाइन अकाउन्ट ओपनिङमा क्लिक गरी अनलाइनबाटै खाता खोल्न सकिने गरिमा विकास बैंकले जनाएको छ ।

त्यसपछि आफूले खोल्न चाहेको खाताको प्रकार छनौट गरी अनुरोध बमोजिम आफ्नो विवरण भरी कागजात अपलोड गर्नुपर्ने हुन्छ । यो पक्रिया पुरा गरेपछि इमेलमा आउने जानकारीका आधारमा सुविधा प्रयोग गर्न सकिने छ ।