कीवर्डहरू -

डिसहोमको रिचार्ज गर्ने २ जनालाई एक/एक लाख नगद

डिसहोमको रिचार्ज गर्ने २ जनालाई एक/एक लाख नगद

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २ जना विजेता छनौट भएका छन् ।

गत साउन २ गते देखि साउन ८ गते सम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो ।

शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००, च्यानल नम्बर १०१ र रमाईलो टिभिबाट लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक एक लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।

साउन ९ गते भएको लाईभ लक्की ड्रबाट डिसहोमको सेटअप बक्सको क्यास आईडी नम्बर ७१९०६२०६९१६ र ०२५१९२४९९०९ लाई बिजेता घोषणा गरिएको छ ।

आगामी लक्की ड्र साउन १६ गते सोही च्यानलबाट प्रसारण हुने जनाइएको छ । यसमा साउन ९ गतेदेखि साउन १५ गतेसम्म अनलाइन पाँचहजार भन्दा बढी वा फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई सहभागी गराइने छ ।