कीवर्डहरू -

ओप्पोको नयाँ फोन ओपो ए ५२ नेपालमा, यस्ता छन् फिचर 

ओप्पोको नयाँ फोन ओपो ए ५२ नेपालमा, यस्ता छन् फिचर 

ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए ५२ सार्वजनिक गरेको छ । ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दूई रंगमा उपलब्ध रहेको छ । यसको मोटाइ ८.९ एमएम र वजन जम्मा १९२ ग्राम रहेको छ ।

डिस्प्ले

ओपो ए ५२ को डिस्प्लेको कुरा गर्दा यसमा १०८०×२४०० एफएचडी प्लस रेजोलुसन सहितको ६.५ इन्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन) को प्रयोग गरिएको छ । स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको छ । उपकरणको स्क्रिन टू बडी रेसियो ९०.५ प्रतिशत छ ।

क्यामेरा

ओपो ए ५२ मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ । यसको प्रमुख रियर क्यामेरा एफ १.७ अपर्चर सहितको १२ मेगापिक्सेल र सेकेन्डरी रियर क्यामेरा एफ २.२ सहितको ८ मेगापिक्सेल (वाइड) रहेको छ । साथै, फोनमा दूई ओटा एफ २.४ अपर्चर सहितको  २ मेगापिक्सेलका सेन्सर रहेका छन् ।

फोनमा भएको रियर क्यामेराको सहयोगका लागि यसमा डुअल एलईडी फ्ल्यासको प्रयोग गरिएको छ । सेल्फीका लागि भने एफ २.० हपर्चर सहितको १६ मेगापिक्सेल फ्रन्ट क्यामेराको ब्यवस्था गरिएको छ ।

हार्डवेयर तथा सफ्टवेयर

ओपो ए ५२ मा क्वालकम स्न्यापड्रागन ६६५ चिपसेट राखिएको छ । फोनमा ४ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेजको क्षमता रहेको छ । यसमा एन्ड्रोइड टेन ओएस रहेको छ । यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार एसएसडी मार्फत २५६ जीबी सम्म इन्टरनल स्टोरेज क्षमता बढाउन सक्नेछन ।

फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ । ओपो ए ५२ मा कम्पनीले १८ वाट फास्ट चार्जिङ प्रविधि सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री  जडान गरेको छ ।

मूल्य तथा उपलब्धता

ओपो ए ५२ को मूल्य नेपाली बजारमा २९,९९० रुपैयाँ निर्धारण गरिएको छ । साउन १ गतेबाट नै यो फोनलाई आफ्ना प्रमुख विक्रि केन्द्रहरु मार्फत कम्पनीले बजारमा उपलब्ध गराइसकेको छ ।