कीवर्डहरू -

फेसबुक अकाउन्ट ह्याक गरी ठगी गर्ने एकजना पक्राउ

फेसबुक अकाउन्ट ह्याक गरी ठगी गर्ने एकजना पक्राउ

प्रहरीले फेसबुक अकाउन्ट ह्याक गरी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध  महाशाखाले जिल्ला प्रहरीले कार्यालय सुनसरीसँग समन्वय गरी दुहबीबाट २३ वर्षिय साबिर आलमलाई पक्राउ गरेको हो ।

आलमले अर्काको फेसबुक अकाउन्ट ह्याक गरी सो अकाउन्ट चलाउनेको आफन्तसँग आफु समस्यामा परेको भनि आफ्नो खातामा पैसा राख्न लगाइ ठगी गर्ने गरेका थिए ।  यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।