कीवर्डहरू -

इन्टरनेटबाट बालबालिका तथा युवालाई सुरक्षित राख्न दूरसञ्चार प्राधिकरण र आइएसपीसँग छलफल हुदै 

इन्टरनेटबाट बालबालिका तथा युवालाई सुरक्षित राख्न दूरसञ्चार प्राधिकरण र आइएसपीसँग छलफल हुदै 

बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफले इन्टरनेटबाट बालबालिकाका र युवालाई सुरक्षित बनाउनको लागि भर्चुअल वर्कशपको आयोजना हुने भएको छ ।

आज अर्थात सोमाबार साँझ ४ बजेदेखि साढे ५ बजेसम्म सञ्चालन हुने भर्चुअल वर्कशपमा बालबालिका तथा युवालाई इन्टरनेटबाट सुरक्षित बनाउन नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको भुमिकाको बारेमा छलफल हुने भएको हो ।

यो भर्चुअल कार्यक्रममा नेपाल देसञ्चार प्राधिकरणका महानिर्देशक विजय रोय, नेपाल टेलिकमकी वरिष्ठ इन्जिनियर हेमप्रभा करण, स्काई ब्रोडब्यान्डका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधान र सुबिसुका वरिष्ठ नेटवर्क इन्जिनियर रामकृष्ण परियार स्पीकरको रुपमा हुनेछन ।

यस कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी जरिष्टर गर्नुहोस् । चाइल्ड सेफनेट र युनिसेफले बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट बचाउन अनलाइन वर्कशप आयोजना गरेका थिए । जसमा आजको कार्यक्रम पाँचौ सेसन हो ।