कीवर्डहरू -

कोरोनाको जोखिम कम गर्न गोयल फाउन्डेसनले सञ्चालनमा ल्यायो सुरक्षा एप 

कोरोनाको जोखिम कम गर्न गोयल फाउन्डेसनले सञ्चालनमा ल्यायो सुरक्षा एप 

गोयल फाउन्डेसनले सुरक्षा नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको जोखिम कम गर्न फाउन्डेसनले सुरक्षा नामक मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

यो एपले कुनै व्यक्ति कति जना व्यक्तिको सम्पर्कमा आएको छ र तीमध्ये कुनै व्यक्तिलाई कोरोना भाइरस छ छैन् वा हुनसक्छ सक्दैन भनेर प्रयोगकर्तालाई सूचित गराउने छ ।

प्रयोगकर्ता कुनै पनि व्यक्तिको नजिक आएमा बुलुटुथ प्रविधि मार्फत डेटा आदान प्रदान हुन्छ । यसको लागि मोबाइल बुलुटुथ अन भने हुनु पर्नेछ । यसमा प्रयोगकर्ताको व्यक्तिगत जानकारीहरु गोप्य राखिनेछ ।

केही वर्षअघि अफ्रिकामा इबोला महामारी बेला गुगलले ट्रेसिङ एप बनाएको थियो । गुगलले यो एप विश्वभर उपलब्ध गराएको थियो । उक्त फिचरलाई सदुपयोग गर्दै यो एपको विकास गरिएको हो ।

एपमा आवश्यक आपतकालिन सेवाको सम्पर्क, परीक्षण केन्द्रको स्थान र विश्वभर कोरोना संक्रमित संख्याको बारेमा जानकारी पनि पाउन सकिने छ ।

एप प्रयोग गर्नको लागि मोबाइलमा ब्लुटुथ र लोकसन अन गर्नुपर्ने हुन्छ । साथै एपमा आफ्नो विवरणहरु भर्नुपर्नेछ । यो एप प्ले स्टोरबाट डाउनलोड गर्न सकिने छ ।