कीवर्डहरू -

सबै दूरसञ्चार सेवा प्रदायकलाई अनिवार्य सेक्युरिटी अडिट गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

सबै दूरसञ्चार सेवा प्रदायकलाई अनिवार्य सेक्युरिटी अडिट गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई नियमित रुपमा अनिवार्य सेक्युरिटी अडिट गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले दूरसञ्चार सेवा दिने सबै कम्पनीहरुलाई दूरसञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित प्रणालीहरुको अनिवार्य सेक्युरिटी अडिट गर्न निर्देशन दिएको हो ।

दूरसञ्‍चार प्रणालीमा हुन सक्ने सम्भावित साइबर जोखिमहरु न्यूनीकरण गर्न दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना सार्वजनिक गर्दै अनिवार्य सेक्युरिटी अडिट गर्न र सोको प्रतिवेदन प्राधिकरणमा पेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरणको सूचनामा भनिएको छ, ‘दूरसञ्‍चार प्रणालीमा हुन सक्ने सम्भावित साइबर जोखिमहरु न्यूनीकरण गरी दूरसञ्‍चार सेवालाई थप सुरक्षित तथा भर पर्दो बनाउन सबै दूरसञ्‍चार सेवा प्रदायकहरुले आफ्ना दूरसञ्‍चार तथा सूचना प्रविधिसंग सम्बन्धित प्रणालीहरुको नियमित रुपमा अनिवार्य सेक्युरिटी अडिट गर्न हुन र सो को प्रतिवेदन यस प्राधिकरणमा पेश गर्नुहुन सबै दूरसञ्‍चार सेवा प्रदायकहरुलाई निर्देशन जारी गरिएको छ ।’