कीवर्डहरू -

अब *४१२# डायल गरी नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्न सकिने

अब *४१२# डायल गरी नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्न सकिने

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि युएसएसडी कोड *४१२# प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ ।

त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप र रिचार्ज युएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।

त्यसैगरी नयाँ सिम एक्टिभेट गर्न हाल १४१५ मा कल गरी फस्ट कल एक्टिभेसन गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *१४१४# डायल गरी फस्ट कल एक्टिभेसन गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट मार्फत रिचार्ज गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको रिचार्ज समेत थप सहज रुपले गर्न सकिने अपेक्षा गरिएको छ ।