कीवर्डहरू -

ह्याकरको निशानामा नेप्सेको वेबसाइट, डेटा तान्न निरन्तर प्रयास

ह्याकरको निशानामा नेप्सेको वेबसाइट, डेटा तान्न निरन्तर प्रयास

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को वेबसाइट ह्याकरको निशानामा परेको छ । पछिल्लो समयमा नेप्सेको आधाकारिक वेबसाइट नेपालस्टक डटकम डटएनपी र नेपाल स्टक डटकम मा कारोबार सम्बन्धि विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने समस्या देखिएको नेप्सेले बताएको छ ।

यस सम्बन्धमा नेप्सेले अध्ययन विश्लेषन गर्दा दुवै वेबसाइटबाट विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणमा विवरण (डेटा) तान्ने निरन्तर प्रयास भइरहेको पाइएको नेप्सेले एक सूचना प्रकाशित गरी जनाएको छ ।

\"\"

यसले गर्दा नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृतिम रुपमा अत्याधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुबिधा पुग्न गएकाले यसरी अनधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा अवरुद्ध गर्ने प्रयासलाई रोकथाम गर्न प्राविधिक उपाय अपनाइरहेको उक्त सूचनामा उल्लेख गरिएको छ ।

आगामी दिनमा पनि त्यस्ता अवैध प्रयास जारी राखेमा नेप्से कानूनी कारबाहीको प्रक्रियामा जान बाध्य हुने नेप्सेले जनाएको छ ।