कीवर्डहरू -

अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने एकजना पक्राउ

अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने एकजना पक्राउ

भक्तपुर मध्यपुर थिमी नगरपालिका ५ ताहाननी घर भई काठमाडौं महानगरपालिका-७ बौद्ध बस्ने ३३ वर्षीय हरि शंकर श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भईरहेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित भवनमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा फेलापारी पक्राउ गरेको हो ।

श्रेष्ठबाट ८ पोर्टको १ थान ओपन भोक्स गेट वे, १ थान चार्जर र ८ थान एनसेलको सीमकार्ड बरामद भएको छ । साथै श्रेष्ठ उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको उक्त ब्यूरोले जनाएको छ ।