कीवर्डहरू -

सानिमा बैंकबाट अब चेक बिना नगद झिक्न सकिने

सानिमा बैंकबाट अब चेक बिना नगद झिक्न सकिने

सानिमा बैंकले डिजिटल काउन्टरको सुरुवात गरेको छ । बैंकका अनुसार ग्राहकको सुविधा लागि सूचना प्रविधिको अधिकतम उपयोग गर्ने नीति अन्तर्गत डिजिटल काउन्टर सुरु गरिएको हो ।

सानिमा बैंकले सुरु गरेको डिजिटल काउन्टरबाट बैंकका ग्राहकहरुले चेक बिना क्युआर कोड स्क्यान गरी नगद झिक्न सक्ने छन ।

यो सेवा लिनकाको लागि सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप आवश्यक पर्नेछ । यो सेवा साउन १३ गतेदेखि बैंकको प्रधान कार्यालय नक्सालमा रहेको डिजिटल काउन्टरमा गएर क्युआर कोड स्क्यान गरी भुक्तानी पाउन सकिने छ ।

यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।