कीवर्डहरू -

अब क्युआर कोड स्क्यान गरी नबिल बैंकबाट रकम झिक्न सकिने

अब क्युआर कोड स्क्यान गरी नबिल बैंकबाट रकम झिक्न सकिने

नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ । मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीथड्र माफर्त ग्राहकहरुले चेकको प्रयोग  नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्नेछन् ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । नबिल बैंकले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने जनाएको छ ।

नयाँ सेवाको सुरुवातको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अब नबिल बैंकका ग्राहकले चेक एटिएम कार्ड बोक्न बिर्सिएमा आफ्नो मोबाइल बैंकिङ एप लगईन गरेर बैंकको काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सकिने बताए ।

बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि यसको सुरुवात गरेको छ ।

ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीथड्र मार्फत नबिल बैंकका ग्राहकहरुले सहज र छिटो सेवा  प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ ।