कीवर्डहरू -

स्वाब संकलन गर्न नास्टले बनायो मोबाइल स्वाब क्लेक्सन भेहिकल

स्वाब संकलन गर्न नास्टले बनायो मोबाइल स्वाब क्लेक्सन भेहिकल

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले मोबाइल स्वाब क्लेक्सन भेहिकलको विकास गरेको छ । नास्टले कोरोना भाइरस संक्रमितबाट चिकित्सकलाई सुरक्षित राख्नको लागि यो भेहिकल बनाएको हो ।

मोबाइल स्वाब क्लेक्सन भेहिकलमा ग्लोब्स, पोजेटिभ प्रेसर च्याम्बर, आइस बक्स तथा भाइरस फिल्टर गर्ने प्रविधि लगायत आवश्यक चिज राखिएको छ ।

\"\" यो भेहिकलबाट संकलन भएको स्वाब त्यसभित्र रहेको आइस बक्समा राखिने छ । अनि बक्समा राखिएको स्वाब प्रयोगशालामा परीक्षणको लागि पठाइने छ ।

यस भेहिकलको प्रयोग गरी पहिलो चरणमा सिंहदरबार भित्र  आज स्वाब संकलन गरिएको छ । नेपाली सेनाले उपलब्ध गराएको गाडीमा आवश्यक बस्तु जडान गरी स्वाब संकलन भेहिकलको विकास गरिएको हो ।

यसबाट स्वाब संकलन गर्दा पीपीई पनि आवश्यक नपर्ने बताइएको छ । यो भेहिकललाई चिकित्सकको खुट्टाले स्वीच अन गरेपछि ग्लोब्स र चालकको हातले स्वीच अन गरेपछि पुरै भेहिकल संक्रमणमुक्त गर्न सकिने गरी विकास गरिएको छ ।  भेहिकल नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले सीसीएमसीलाई हस्तान्तरण गरेका हुन्  ।