कीवर्डहरू -

ह्वाट्सएपमा सधैको लागि च्याट म्यूट गर्न सकिने फिचर आउँदै

ह्वाट्सएपमा सधैको लागि च्याट म्यूट गर्न सकिने फिचर आउँदै

ह्वाट्सएपले सधैँको लागि च्याट म्यूट गर्न सकिने फिचर ल्याउने भएको छ । यो फिचरलाई प्रयोग गरेर आफू सक्रिय रुपमा सहभागी नहुने ह्वाट्सएप ग्रुप या ह्वाट्सएप आइडीलाई सँधैको लागी म्यूट गर्न सकिनेछ ।

डब्लुए बेटा इन्फोका अनुसार यो फिचर अहिले ह्वाट्सएपले परीक्षण गरिरहेको छ । अहिलेको अवस्थामा ह्वाट्सएपले आठ घण्टा, एक हप्ता वा एक वर्षको लागि च्याटलाई म्यूट गर्ने अप्सन दिने गरेको छ ।

\"\" Photo: WABetaInfo


यसले गर्दा आफूलाई चासो नहुने ग्रुप बाट सूचना आउँदैन् । यो  फिचरलाई धेरैले मनपराउने अनुमान लगाइएको छ । ह्वाट्सएपको यो फिचरले एक वर्ष अप्सनलाई ‘अलवेज’ अप्सनले रिप्लेस गर्नेछ ।