कीवर्डहरू -

फेसबुकमा अश्लिल फोटो पठाउने एकजना व्यक्ति पक्राउ 

फेसबुकमा अश्लिल फोटो पठाउने एकजना व्यक्ति पक्राउ 

अश्लिल फोटो तथा सामाग्रीहरु सामाजिक सञ्जालमा पठाउने व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तनहुँ भानु नगरपालिका ८ घर भई हाल कोठमाडौं बालाजु बस्ने ३८ वर्षिय सविन राज मिश्रलाई बिहीबार पक्राउ गरेको हो ।

उनले तनहुँ भानु नगरपालिका बस्ने १३ वर्षिया एक बालिकाको फोटो प्रयोग गरी फेसबुकमा फेक आईडी मार्फत अश्लिल फोटो तथा सन्देशहरु निज बालिकाको दिदी एवं आफन्तहरुलाई पठाएने गरेका थिए ।

प्राप्त भएको निवेदन एवं सूचनाका आधारमा अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न देखिएको कारण प्रहरीले मिश्रलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सविनाज मिश्रलाई पक्राउ गरी जिल्ला अदालत काठमडौंमा पेश भई सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । साथै मिश्र २०७६ मंसिर २४ गते विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट एकलाख धरौटीमा छुटेको समेत प्रहरीले जानकारी दिएको छ ।