कीवर्डहरू -

डिजिटल संवादको १६ औं श्रृंखलामा \'डिजिटल स्टार्टअप\'को बारेमा छलफल हुदै 

डिजिटल संवादको १६ औं श्रृंखलामा \'डिजिटल स्टार्टअप\'को बारेमा छलफल हुदै 

डिजिटल संवादको १६ औं श्रृंखलामा 'नेपालमा डिजिटल स्टार्टअप, योजनादेखि एक्सनसम्म' विषयमा भर्चुअल राउण्ड टेवल डिस्कसन हुदैछ । शनिबार (आज) दिउसो १ बजेदेखि जुममार्फत सञ्चालन हुने कार्यक्रम डिजिटल संवाद, लिभिङ विथ आइसिटी लगायतका फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण हुनेछ ।

यस कायक्र्रममा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि, सरोकारवाला, डिजिटल स्टार्टअप तथा आइटी उद्यमीहरु स्रोत व्यत्तिको रुपमा रहेका छन । पूर्व उद्योग मन्त्री नविन्द«राज जोशी, योजना आयोगका सदस्य डा. राम कुमार फुयाल, उद्योग विभागका निर्देशक प्रेम लुइटेल विशेष वत्ताको रुपमा रहनुभएको छ ।

यसैगरी नेपाल आन्टरप्रेनर हवका सह सस्थापक सुमन शाक्य, राराल्याब्सका सिइयो मजोज घिमिरेले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नेछन । यसैगरी रोष्टर लोजिका सिटिओ प्रविणराज जोशी, डिजिटल एज नेपालका एमडी दिव्या दलि कार्यक्रमका श्रोत व्यत्तिको रुपमा रहनुभएको छ । कार्यक्रमको सेसन चेयर पूर्वमन्त्री गणेश शाहले गर्नेछन ।

डिजिटल संवादको १६ औं श्रृंखलामा ' नेपालमा डिजिटल स्टार्टअप, योजनादेखि एक्सनसम्म' विषयमा भर्चुअल राउण्ड टेवल डिस्कसन हुदैछ । कार्यक्रममा इच्छुक जोकोहिले सहभागिता जनाउन सक्नेछन । यसको लागि यो लिंकमा क्लिक गरि रजिस्ट्रेशन गर्न सकिनेछ ।

१६औं श्रृंखलाको सेसनमा नेपालमा प्रविधि क्षेत्रमा संलग्न स्टार्टअपको अवस्था र सरकारले ल्याइरहेको योजना, कार्यक्रमहरुले कसरी उनिहरुलाई सम्वोधन गरिरहेको छ भन्ने विषयमा छलफल हुनेछ । पछिल्लो समयमा नेपालमा उद्यमशिलताको पहिलो प्रयास स्वरुप सुरु भइरहेका स्टार्टअपहरुलाई सरकारले विभिन्न पक्षबाट सहयोग गर्नुपर्ने कुराहरु उठिरहेको छ । सरकारका धेरै कार्यक्रमहरु असफल प्राय भइरहेको अवस्थामा अब कसरी कघि बढ्नुपर्दछ भन्ने सन्दर्भमा केन्दि«त रहेर कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

डिजिटल संवाद नेपालमा कोरोनाले निम्त्याएको संकटसँगै भएको लकडाउनदेखिनै सुरु भएको वृहत अनलाइन छलफल कार्यक्रम हो । यसमा प्रविधिका विभिन्न पक्षलाई सरकार, सरोकारवाला र डोमेन च्याम्पियनहरुलाई समावेश गर्दै खुल्ला राउण्ड टेवल डिस्कसनको फम्र्याटमा कार्यक्रम सञ्चालन भइरहेको आयोजकले जानकारी दिएको छ ।

यसअघि विभिन्न १५ श्रृंखलामा डिजिटल नेपालका अभियानसँग कनेक्ट हुने विषयहरुमा कार्यक्रमहरु सञ्चालन भइसकेका छन । कार्यक्रम पश्चात सम्वन्धित निकायमा रिपोर्ट प्रस्तुत गर्ने र संवादमा उठेका कुराहरुलाई सम्वन्धित निकाय तथा सरकारको तर्फबाट सम्वोधन गर्न प्रयास गरिने कार्यक्रमका सञ्चालक हेमपाल श्रेष्ठले बताए ।

कार्यक्रममा इच्छुक जोकोहिले सहभागिता जनाउन सक्नेछन । यसको लागि यो लिंकमा क्लिक गरि रजिस्ट्रेशन गर्न सकिनेछ । कार्यक्रम लाइभ हेर्नको लागि आज(शनिवार) ठिक १ बजे यो पेजमा जोडिन सकिनेछ । कार्यक्रम महिनाको पहिलो र अन्तिम शनिवार पाक्षिक रुपमा सञ्चालन हुदै आइरहेको छ ।