कीवर्डहरू -

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन १५ दिन थप, साउन ३१ सम्म नोमिनेशन दर्ता गर्न सकिने 

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन १५ दिन थप, साउन ३१ सम्म नोमिनेशन दर्ता गर्न सकिने 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित आइसिटी अवार्ड को पाँचौं संस्करण (आइसिटी अवार्ड २०२०) को लागि खुल्ला गरिएको आवेदन १५ दिन थप गरिएको छ । इच्छुुक आवेदकले साउन ३१ गतेसम्म नोमिनेशन दर्ता गर्न सक्नेछन । शुक्रवार वेबसाइट तथा आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै आयोजकले नोमिनेशनको लागि १५ दिन समय थप गरेको हो ।


पछिल्लो समय काठमाडौं लगायतका स्थानमा कोभिड १९ संक्रमण बढिरहेको कारण अवार्डका छनौट प्रकृयाहरु सञ्चालन गर्न केहि कठिनाई हुने र इच्छुकले आवेदनको लागि थप समय मागेको कारण मिति थप गरिएको आयोजकले जानकारी दिएको छ ।


यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरुमा सम्वन्धित स्वमले नोमिनेशन दर्ता गर्नुपर्नेछ ।

\"\"


यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरुमा सम्वन्धित स्वमले नोमिनेशन दर्ता गर्नुपर्नेछ ।


यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । यि विधाहरुमा स्वम आफै वा अरु कसैले नोमिनेशन दर्ता गरिदिन सकिनेछ ।


डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरुलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । यि विधामा पनि आफै वा अरुले उत्कृष्ट लागेको सस्था नोमिनेशन गरिदिन सकिने प्रावधान राखिएको छ ।


सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डको पाचौं सस्करण कोरोनाले निम्त्याएको शंकटको कारण यस वर्ष ढिला आयोजना हुनेछ । हरेक वर्ष १७ अगष्टमा आयोजना हुदै आएको कार्यक्रम यस वर्ष सम्वभत अक्टुवरमा आयोजना गर्ने आयोजकले जानकारी गराएको छ ।


यस वर्ष अवार्डको छनौट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना बढि जुरी सदस्य र १० जना बढी जुरी सल्लाहकार सदस्यहरू रहनुभएको छ । छनौट प्रक्रिया विभिन्न चरणहरूमा हुनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट ५ छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधाहरूमा जुरी समूहले विभिन्न चरणमा छनौट प्रक्रिया सञ्चालन गर्नेछन । निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको आइसिटी अवार्डलाई यस वर्ष अझ परिष्कृत र उत्कृष्ट बनाउन प्रयास गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।


अवार्ड विजेताहरुलाई विशिष्ट सम्मानसँगै शिल्ड प्रदान गरिनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट र इन्नोभेसनका विधाका विजेताहरुलाई गतवर्षझै बैंकको सरल कर्जा र लगानीसँग जोडिनेछ । विभिन्न कम्पनीले विजेतालाई स्किम र सहयोगको प्याकेजहरु प्रदान गर्नेछन । अवार्डमा नोमिनेशन तथा आवेदन दिनको लागि आधिकारिक वेबसाइट ictaward.org मा गएर सम्बन्धित विधा (क्याटेगोरी) छनौट गरी अनलाइन फारम बुझाउनुपर्नेछ । लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्ड कार्यक्रममा विभिन्न सरकारी निकाय र नीजि क्षेत्रका आइसिटी क्षेत्रका सस्थाहरुमा सहकार्य रहेको छ ।

\"\"

आइसिटी अवार्ड २०२० को लागि कुन विधामा कसरी दिने आवेदन ?