कीवर्डहरू -

केही दिनमा एसईईको नतिजा सार्वजनिक हुदै, यसरी हेर्नुहोस् नतिजा 

केही दिनमा एसईईको नतिजा सार्वजनिक हुदै, यसरी हेर्नुहोस् नतिजा 

राष्ट्रिय परीक्षा बोर्डले अबको केही दिन भित्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एसईइको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगिसकेको बोर्डले जनाएको छ ।

कोभिड १९ को कारणले गर्दा भौतिक रुपमा जाँच लिन नमिलेपछि विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा प्रकाशन गर्दै छ ।

आज हामी तपाईलाई नतिजा सार्वजनिक भएपछि कसरी एसईईको नतिजा हेर्ने भनेर केही जानकारी दिदैछौं ।

विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट , बोर्डको परीक्षा नियन्त्रण कार्यालयको कक्षा १० को वेबसाइट , नेपाल टेलिकम तथा एनसेलको वेबसाइट , इडियु सञ्जाल कान्तिपुर पब्लिकेशनको वेबसाइट बाट एसईईको नतिजा हेर्न सक्नेछन् ।

त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्ताले १६०० मा डायल गरेर पनि नतिजा हेर्न सकिने छ । भने एनसेल र नेपाल टेलिकमका प्रयोगकर्ताले आफ्नो एसईईको सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर पनि नतिजा हेर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

यस्तै ईजी सर्भिसेज प्रालिको ३४९४९ मा एसएमएस पठाएर पनि एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।