कीवर्डहरू -

बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण 

बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण 

बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख एकाउन्न हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई बैंकको कर्मचारी संघले वित्तिय सहयोग हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. महावीर पुन आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका छन् ।

बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई एक समारोहको बिच उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।

राष्ट्रिय आविष्कार केन्द्रद्वारा उत्पादन गर्दै आईरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरिएको र अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको कर्मचारी संघका अध्यक्ष श्रेष्ठ जानकारी बताए ।

बैंकको कर्मचारी संघले विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा बैंक संगै अग्र स्थानमा रहि सेवा गरिरहेको छ ।