कीवर्डहरू -

मेरो सेयरको अकाउन्ट नविकरण अब इसेवाबाटै 

मेरो सेयरको अकाउन्ट नविकरण अब इसेवाबाटै 

सेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नविकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् ।

यसअघि डिम्याट अकाउन्ट नविकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले मेरो सेयरको अकाउन्ट नविकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो ।

योसँगै मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट लगानीकर्तालाई मुक्ति मिलेको छ । लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयर अकाउन्टको नविकरण गर्न सकिने इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए ।

इसेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आवद्ध छन् । इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।