कीवर्डहरू -

हुवावे बन्यो विश्वकै नम्बर वान स्मार्टफोन उत्पादक

हुवावे बन्यो विश्वकै नम्बर वान स्मार्टफोन उत्पादक

हुवावे विश्वकै नम्बर वान स्मार्टफोन उत्पादक कम्पनी बन्न सफल भएको छ । क्यानालिस नामक वेबसाइटका अनुसार हुवावे फोनलाई नम्बर १ स्मार्टफोन उत्पादक घोषित गरेको हो ।

कम्पनीले सन २०२० मा करिब ५५८ लाख ओटा स्मार्टफोन उत्पादन गरेको छ । अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाएता पनि हुवावेले यो स्थान हासिल गरेको हो ।

कम्पनीले सन २०२० मा करिब ५५८ लाख ओटा स्मार्टफोन उत्पादन गरेको छ । अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाएता पनि हुवावेले यो स्थान हासिल गरेको हो ।

गतको वर्षको तुलनामा भने हुवावेको विक्री ५ प्रतिशतले कम भएको छ तर यो कोरोना भाइरसको समयमा ५ प्रतिशत ले मात्रै कम हुनु भनेको राम्रो अवस्था नै ठहरिएको छ ।

त्यस्तै सामसङको करिब ३० प्रतिशत ले विक्री कम भएको छ र करिब ५३७ लाख स्मार्टफोनको विक्री भएको थियो । सामसङको कम कारोबार भएकाले हुवावेको स्थान नम्बर वानमा आएको हो ।

यसमा एप्पल भने तेस्रो स्थानमा रहेको छ, जसको विक्री २५ प्रतिशतले बढेको छ । विज्ञहरुको अनुसार यो आइफोन एसईको कारणले भएको हो ।

अमेरिकाले रोक लगाएपछि हुवावेको विश्व बजारमा २६ प्रतिशत ले विक्री कम भएको देखिएको छ । अहिले कोभिडको बेलामा हुवावेले राम्रो गरेता पनि भविष्यमा थुप्रै कठिनाइहरु भोग्नुपर्ने आशङ्का विज्ञहरुले व्यक्त गरेका छन् ।