कीवर्डहरू -

इन्ट्री लेभलको ओप्पोको नयाँ स्मार्टफोन ओप्पो ए १२ नेपालमा 

इन्ट्री लेभलको ओप्पोको नयाँ स्मार्टफोन ओप्पो ए १२ नेपालमा 

ओप्पोले नयाँ स्मार्टफोन ओप्पो ए १२ नेपालमा सार्वजनिक गरेको छ । यो फोन नेपाली बजारमा ३ जीबी र्‍याम प्लस ३२ जीबी रोम र ४ जीबी र्‍याम प्लस ६४ जीबी रोम गरी दूई बिकल्पका साथ सार्वजनिक गरिएको हो ।

यसमा प्रयोगकर्ताले इन्टरनल स्टोरेज अर्थात रोमलाई आफ्नो आवश्यकता अनुसार यसलाई २५६ जीबी सम्म बढाउन सक्ने छन । ओपो ए १२ मा रियर फिंगरप्रिन्ट सेन्सर, अक्टा कोर प्रोसेसर र एआई डुअल रियर क्यामेराका साथै मेनस्ट्रिम सेटिङले स्मूथ परफरमेन्स दिन्छ ।

यसमा रहेको ४२३० एमएएच क्षमताको ब्याट्रीले १७ घण्टा सम्म निरन्तर भिडियो स्ट्रिमिङ धान्न सक्छ । फोनमा उपलब्ध गरिएको अक्टा कोर प्रोसेसर, मिडियाटेक हेलियो पी ३५ ले उर्जा खपतमा न्यूनिकरण ल्याउनुका साथै ल्याग फ्रि गेमिङ तथा भिडियो हर्ने अनुभव प्रदान गर्छ ।

ओपो ए १२ मा रहेको कलरओएस ६.१ ले प्रयोगकर्ताको डिजिटल लाइफलाई नयाँ उचाई प्रदान गर्नेछ । यसमा यात्रीहरुलाई विशेष ध्यानमा राखि अनावश्यक कल तथा नोटिफिकेसन ब्लक गरी सडकमा ध्यान केन्द्रित गर्न सघाउँदै सुरक्षा प्रदान गर्ने सोचका साथ राइडिङ मोडपनि उपलब्ध गरिएको छ ।

ओपो ए १२ मा स्मार्ट साउण्ड ईफेक्ट वा साउण्ड अप्टिमाइजेसन फिचर, डिराक उपलब्ध छ । यसले स्वचालितरुपमा गेम, अडियो तथा भिडियोका आधारमा उत्कृष्ट साउण्ट ईफेक्ट सेटिङको छनोट गर्ने क्षमता राख्छ ।

डिजाइन

ओपो ए १२ मा अभूतपूर्व मनोरञ्जनात्मक अनुभवका लागि १५२०×७२० रिजोलुसन सहितको ६.२२ इन्चको वाटरड्रप आई प्रोटेक्सन स्क्रिन जडान गरिएको छ । यसमा रहेको ब्ल्यू लाइट फिल्टरले गेमिङ होस् वा भिडियो हेरीरहेको समय जुनै बेला आँखालाई सुरक्षा प्रदान गर्छ ।

ओपो ए १२ मा थ्रीडी डायमण्ड ब्लेज डिजाइन दिइएको छ यसले हेर्ने दृष्टिकोण अनुसार रंग र आकार परिवर्तन भएको अनुभव दिन्छ । फोनको पछाडी फिंगरप्रिन्ट अनलकिङ सेन्सर दिइएको छ । साथै यसमा १२८ बायोमेट्रिक पोइन्ट्सका आधारमा प्रयोगकर्ताको पहिचान गर्ने क्षमता सहितको एआई फेसियल अनलक फिचरपनि उपलब्ध गरिएको छ ।

क्यामेरा

ओपो ए १२ मा एआईद्वारा सञ्चालित डुअल रियर क्यामेरा छन् । जसमा १३ मेगापिक्सेल मेन र २ मेगापिक्सेल डेप्थ क्यामेरा जडान गरिएको छ । फोनमा रहेको १३ मेगापिक्सेल मेन क्यामेराले ब्रस्ट मोड तथा  डिजिटल जुम सपोर्ट गर्छ ।
त्यसैगरी, २ मेगापिक्सेल डेप्थ क्यामेराले उत्कृष्ट पोट्रेट शट्स खिच्न डेप्थ डाटा प्रदान गर्दै पोट्रेट मोडमा सुदृढ बोके ईफेक्ट दिन्छ । ओपो ए १२ मा पोट्रेट शुटिङ र खाना तथा बनस्पति शुटिङका लागि दूई विशेष मोड्सको व्यवस्थापनि गरिएका छन् । फोनको ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।

छोटा भिडियो मनपराउनेहरुका लागि ओपो ए १२ मा सोलुप स्मार्ट भिडियो एडिटरपनि उपलब्ध गरिएको छ । यसले प्रयोगकर्तालाई ब्यवसायिक गुणस्तरका भिडियोहरु सिनेम्याटिक ईफेक्टका साथमा सहजै निर्माण गर्न सघाउँछ ।
बजार उपलब्धता

ओपो ए १२ को ३ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेज भेरियन्टको मूल्य १८ हजार ५९० रुपयाँ रहेको छ । भने ४ जीबी र्‍यार + ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको मूल्य २० हजार ७९० रुपैयाँ तोकिएको छ ।