कीवर्डहरू -

कर्मचारी सञ्चय कोषको ऋण अब कनेक्ट आइपीएसबाट तिर्न सकिने

कर्मचारी सञ्चय कोषको ऋण अब कनेक्ट आइपीएसबाट तिर्न सकिने

कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज कनेक्ट आइपीएस मार्फत जम्मा गर्न सक्ने व्यवस्थाको शुरुवात गरेको छ ।

कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आज आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसी प्रसाद गौतमले उक्त कार्यक्रमको शुरुवात गरेका हुन् । सञ्चयकर्ताहरुले आफ्नो खाता रहेको जुनसुकै बैकहरुबाट कनेक्ट आईपीएस मार्फत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम जम्मा गर्न सक्नेछन् ।

कोषले अनलाईन प्रणाली मार्फत सापटी लिन र तिर्न सक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधि मार्फत कारोबार गर्न सक्ने अवस्था सृजना भएको छ । यसले विश्वमा फैलिरहेको कोभिड–१९ को संक्रमणको महामारीको विषंम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको छ ।

कोषले शुरु गरेको अनलाईन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफु रहेकै स्थानबाट कारोबार गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आईपीएस सुविधा लिएको हुनुपर्ने र कोषको केवाईसी गरेको हुनुपर्नेछ । हाललाई ५ हजार रुपैयादेखि १० लाख रुपैयाँसम्म सापटी तिर्न सक्ने गरी कारोवारको सीमा कायम गरिएको छ ।