स्न्यापच्याटले टिकटकको जस्तै नयाँ फिचर ल्याउने भएको छ । यो फिचरको प्रयोगले आफ्नो स्न्यापमा टिकटक जस्तै गीत हाल्न मिल्ने छ ।
विभिन्न देशका टिकटकका प्रयोगकर्ता अहिले एप बन्द हुन्छ की भन्ने अन्योलमा रहेका छन् । बजारमा अहिले टिकटक बाहेक थुप्र लाईकी , बाईट, डबस्मयास, ट्रिलर लगायतका एप छन् ।
स्न्यापच्याटको माध्यमबाट भिडियो खिच्नु भन्दा पहिलेनै या पछि गीत हाल्न सकिन्छ । कोही साथीले स्न्यापमा गीत पठाउँदा गीतको कलाकार, गीतकार र एल्बमको पनि जानकारी दिने बताइएको छ ।
स्न्यापच्याटको गीत फिचरले प्रयोगकर्तालाई गीतको कलाकार सँग अझै गहिरो सम्बन्ध बनाउनको लागी मद्दत पुर्याउने जनाइएको छ ।